२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

355
Shares

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ । कम्पनीले बुधबार (हिजो) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेले चेक हस्तान्तरण गरे । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

विपतको यस घडीमा सबै मिलेर अगाडि बढ्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij