२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुरानो लाभांश र हकप्रद सेयर बुझिलिन सेयरधनीलाई आग्रह

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुरानो लाभांश र हकप्रद सेयर बुझिलिन सेयरधनीलाई आग्रह

320
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरिएको नगद लाभांश तथा बोनस सेयर र हकप्रद सेयर संकलन गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश तथा सेयर बुझिलिन आग्रह गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै विगतका आर्थिक वर्षमा वितरण गरिएको पुरानो नगद लाभांश, बोनस सेयर तथा हकप्रद सेयर केही सेयरधनीले अझै संकलन नगरेको जनाएको छ। त्यस्ता सेयरधनीको विवरण कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालसम्म नगद लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीले आफ्नो विवरण अद्यावधिक गरी सम्बन्धित रकम प्राप्त गर्नुपर्नेछ। त्यस्तै, भौतिक रूपमा कायम रहेका सेयरधनीले विगतमा वितरण गरिएका बोनस सेयर तथा हकप्रद सेयरको प्रमाणपत्र संकलन गरी ती सेयर अभौतिकीकरण (डिम्याट) गर्न कम्पनीले अनुरोध गरेको छ।

भौतिक सेयर अभौतिकीकरण गरेपछि मात्र नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामा पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यसका लागि अभौतिकीकरण नगरेका सेयरधनीले यथाशीघ्र आफ्नो डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी सेयर अभौतिकीकरण गर्नुपर्नेछ।

यसैगरी, नेपाल क्लियरिङ हाउसअन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बरसमेत अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीले हितग्राही खातामा उल्लेख गरिएको बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था मर्जर वा अन्य कारणले परिवर्तन भएको अवस्थामा सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खाता विवरण अद्यावधिक गर्नसमेत अनुरोध गरेको छ। यस्तो विवरण अद्यावधिक भएपछि सेयरधनीले आफ्नो नगद लाभांश समयमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै, सेयरधनी दर्ता पुस्तिका बन्दका समयमा सेयर धितो राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट सेयर फुकुवा पत्र प्राप्त गरेपछि मात्र बैंकरहितग्राही खातामा लाभांश जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij