२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न

380
Shares

काठमाडौँ- स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।

यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij