काठमाडौँ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न पदमा कर्मचारी माग गरेको छ । महाराजगञ्जले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
सूचनाअनुसार प्राविधिक अधिकृत (क्लिनिकल एम्ब्रायोलोजिस्ट), मुख्य प्राविधिक सहायक (बायोमेडिकल तथा फुड एन्ड न्यूट्रिसन), अस्पताल व्यवस्थापन सेवा सहायक, प्राविधिक सहायक (इलेक्ट्रिसिटी र प्लम्बिङ)लगायत पदमा कर्मचारी माग गरिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij