२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो सुपरिवेक्षक र गणक कर्मचारी

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो सुपरिवेक्षक र गणक कर्मचारी

1.7K
Shares

काठमाडौं –राष्ट्रिय तथ्यांक कार्यालयले चार हजार ४३९ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। कार्यालयले बिहीबार विज्ञापन प्रकाशन गर्दै करार सेवाका लागि ५२६ जना सुपरिवेक्षक र तीन हजार ९१३ जना गणक गरी कुल चार हजार ४३९ जना कर्मचारी माग गरेको हो।

सुपरिवेक्षकको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने गणकले १०+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। करार अवधि साढे २ महिना तोकिएको छ भने सुपरिवेक्षकको तलब स्केल ३४ हजार ७३० रूपैयाँ र गणकको तलब ३२ हजार ९०२ रूपैयाँ तोकिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij