२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्सको संस्थापक शेयर बिक्रीमा

सानिमा रिलायन्सको संस्थापक शेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल १३ लाख ४७ हजार ५८८ कित्ता  संस्थापक शेयर  सबैले किन्न पाउन गरी विक्रिमा राखेको हो ।

शेयर किन्न इच्छुक व्यक्ति तथा संघसंस्थाले आगामी भदौ १९ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुलाइसकेको छ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij