काठमाडौं –इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड मा रोजगारीको अवसर खुलेको छ। लघुवित्तले एक जना नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) माग गरेको हो।
इच्छुकले कुनैपनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
उमेर हद ३० वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ। परीक्षा दस्तुर एक हजार रूपैयाँ लाग्नेछ। इच्छुकले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij