काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। बैंकले काठमाडौं, मधेश प्रदेश, पोखरा, बुटवल र नारायणघाटमा एसिस्टेन्स, सिनियर एसिस्टेन्स र सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो।
आवेदकको योग्यता व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ।
साथै, उनीहरूसँग वाणिज्य बैंक वा विकास बैंकहरूमा क्रेडिट, सेल्स, डिपोजिट व्यवस्थापनमा कम्तीमा २ वर्षको अनुभव भएको हुनु पर्नेछ। इच्छुकले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij