काठमाडौं -नेको इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले केन्द्रीय कार्यालयमा चिफ अपरेटिङ अफिसर (सिओओ), काठमाडौं उपत्यकाका लागि शाखा प्रवन्धक, सुपरभाइजर, सिनियर अफिसर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको हो।
सिओओ पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने बीमा वा बैंकिङ क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनु पर्नेछ।
शाखा प्रवन्धकको हकमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक/स्नाकोत्तर वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उच्च शैक्षिक योग्यता भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, मार्केटिङ क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। सुपरभाइजर पदको लागि +२ उत्तीर्ण गरेको हुनुपर्नेछ भने उच्च शैक्षिक योग्यता भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। इच्छुक ३० वर्ष उमेर ननाघेको हुनुपर्ने र उ सँग सोही क्षेत्रको कामको अनुभव भएको हुनुपर्नेछ।
सिनियर अफिसर र जुनियर अफिसरको हकमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक/स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ भने उच्च शैक्षिक योग्यता भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, मार्केटिङ क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। इच्छुकले एक महिनाभित्र आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij