काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड ले देशका विभिन्न स्थानमा रहेका शाखा, उपशाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले विभिन्न स्थानमा रहेका १५ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन शाखा कार्यालयका लागि बजार व्यवस्थापक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij