काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह, तथा श्रेणीका पदहरुमा कर्मचारी आह्वान गरेको छ ।
परिषद्ले लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम खुला, समावेशी र आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति गर्ने भएको हो ।
योग्यता पुगेका उम्मेद्वारले आज असार २८ गतेदेखि २१ दिनभित्र आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुरमा भने थप ७ सात दिनभित्र आवेदन दिन सक्ने छन् । उम्मेद्वारले अनलाइन प्रणालीबाट परिषद्को अनलाइन https:\\www.ctevt.org.np को https:\\jobs.ctevt.org.np मा गई दरखास्त फाराम पेश गर्न सकिने छ ।
दरखास्त फाराम दस्तुर भुक्तानीका लागि Connect IPS,र Khalti App मार्फत् परिषद्को राष्ट्रिय बाणिज्य बैंक, सानोठिमी, भक्तपुरको CTEVT SANOTHIMI को नाममा रहेको खाता नम्बर १७३०१०००००००९००६ मा जम्मा गर्नुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij