२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

1K
Shares

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले ४ लाख २३ हजार ७२५ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि र १ लाख ३८ हजार ७०० कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा ल्याएको हो।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij