२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आइएमई लाइफ इन्स्योरेन्सको ठुला शेयरधनीहरु

यी हुन आइएमई लाइफ इन्स्योरेन्सको ठुला शेयरधनीहरु

975
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा डेढ दर्जन ठुला लगानीकर्ताहरु छन् । कम्पनीमा १ प्रतिशतभन्दा बढी सेयर हिस्सा हुने १८ जना (व्यक्तिगत तथा संस्थागत) लगानीकर्ताहरु छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर सवामित्व चन्द्र प्रसाद ढकालको ४४ लाख २५ हजार कित्ता छ । यो कुल सेयरको ११.३१ प्रतिशत हो । यस्तै, हेमराज ढकालको पनि ११.३१ प्रतिशत अर्थात् ४५ लाख २५ हजार कित्ता सेयर छ । कम्पनीमा ढकाल दाजुभाईको सर्वाधिक सेयर हिस्सा छ । कम्पनीको तेस्रो ठुलो सेयरधनी भने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको आइएमई लाइफमा ४० लाख कित्ता सेयर छ । यता, आइएमई लिमिटेडको भने ३ प्रतिशत अर्थात् १२ लख कित्ता सेयर छ ।

यस्तै, मिन बहादुर गुरुङको २.३३ प्रतिशत (९ लाख ३० हजार कित्ता), नवराज नेपालको १.७५ प्रतिशत (७ लाख, एशियन डिस्ट्रीब्यूटर्सको पनि १.७५ प्रतिशत सेयर सवामित्व छ।

यस्तै, विष्णु प्रसाद अग्रवालको १.५० प्रतिशत, डी डी इन्भेष्टमेन्ट प्रा.लि.को १.४५ प्रतिशत, एक्रोस मनी ट्रान्सफरको १.४४ प्रतिशत, कल्यान गुरुङ र सावित्री गुरुङको बराबरी १.३४ प्रतिशत, सन्दिप अग्रवालको १.२५ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको १.२४ , जीवन कुमार अग्रवाल पौडेलको १.२३, निमिसा इन्भेष्टमेन्टको १.२२, सुरज कुमार श्रेष्ठको १ प्रतिशत र कमल पौडेलको १ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij