काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ। कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक श्रेणी, तेस्रो तहका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
यसका लागि एसईई वा सो सरहको परीक्षामा कम्तिमा १.६ जिपिए प्राप्त गरेको तथा उमेको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ ।
तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी वैशाख ५ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालयका साथै इमेल ठेगानामा दरखास्त पेश गर्नुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij