२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमती प्रदेशले माग्यो करारमा ४५७ विद्यालय नर्स (सूचनासहित)

बागमती प्रदेशले माग्यो करारमा ४५७ विद्यालय नर्स (सूचनासहित)

1.4K
Shares

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने भएको छ । स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०\८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरी “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो । करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा गई आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij