काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ । इच्छुक नागरिकले आज (फागुन १६ गते) देखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। अब समितिले परेका आवेदनबाट योग्य तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। यसरी सिफारिस गरिएका तीनजनाबाट सरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।