२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

18.4K
Shares

काठमाडौँ – नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय भन्दा बढीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij