२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारीको अवसर

आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारीको अवसर

1.7K
Shares

काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १/१ जना कर्मचारी माग गरेको हो ।

म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्ने जनाएको छ । सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्ने समेत जनाइएको छ । त्यस्तै, जुनियर अफिसर पदका लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । साथे, सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको र १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

ईच्छुक तथा योग्यता पुगेको व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij