२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

1.7K
Shares

काठमाडौं –  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जागिर खुलेको छ। कम्पनीमा ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटमा जागिर खुलेको हो। देशका विभिन्न स्थानमा रहेका शाखाका लागि यी दुई पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ। ब्रान्च म्यानेजरका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ।

यसैगरी सेल्स एक्जिक्युटिभका लागि कम्पनीमा प्लस टु (प्रमाणपत्र तह) उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij