२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर

2.4K
Shares

काठमाडौं–  राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदकोलागि कर्मचारिको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एक सय कर्मचारी माग गरेको हो ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना,  तालिम स्तरीकण अधिकृत ३ जना, कर्जा अधिकृत २ जना र कर्मचारिको लागि आवेदन खुलाएको छ । व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत,  आन्तिरिकलेखा परीक्षण प्रमुख र कानुन अधिकृत एक एक जना माग गरेको छ ।

इच्छुकले पुस २५ गतेभित्र आवेदन गरिसक्नु पर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij