२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

1.5K
Shares

काठमाडौं – लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारीका लागि दरखास्त माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गरेर आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी माग गरेको हो ।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न आवेदन माग गरेको छ । यी पदहरुमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न लोकसेवा आयोगले आह्वान गरेको छ ।

दरखास्त शुल्क १ हजार २ सय रहेकामा एकै समूह/उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ । आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij