२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

1.4K
Shares

काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेकाे छ । बैंकले रिक्त रहेका विभिन्न तह र पदमा कर्मचारी पदपूर्ति गर्न ठुलो संख्यामा कर्मचारी माग गरेकाे हाे ।

राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंक वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका पदमा दरखास्त आह्वान भएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने र २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij