काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो।
बैंकको कर्मचारी सेवा विनियमावली २०७ को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो। आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij