सुर्खेत- कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो।
यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउनेछ। सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्लामा १४-१४ जना तथा मुगु, डोल्पा र हुम्लामा १५-१५ जना मागिएको छ।
योग्यता पुगेका १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिन कुनै शुल्क लाग्नेछैन।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij