२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

3K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको मूल्य १ हजार ८५ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर साेमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते शुरु हुनेछ। सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij