२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

1.1K
Shares

काठमाडौं – प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०० तोकिएको छ ।
तोकिएको मूल्य र अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले मात्र यो शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले यो शेयर विक्री गर्न लागेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij