२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२८४ शाखा अधिकृतमा विज्ञापन खुला

२८४ शाखा अधिकृतमा विज्ञापन खुला

2.7K
Shares

काठमाडौं– लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ। बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो।

आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको हो। यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।

शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ। अनलाइनमार्फत् आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij