काठमाडौं – भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ हुने भएको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै एजेन्ट छनोटको लिखित परिक्षा आगामी जेठ २२ गते दिनको १ बजे लिइने जनाएको छ । विभागले गत चैत १६ गते सार्वजनिक सूचना गर्दै एजेटका लागि दर्खास्त आह्वान गरेको थियो ।
उक्त आह्वानमा आवेदनको उल्लेखनीय सहभागी रहेको विभागले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij