२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो

जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो

3.3K
Shares

काठमाडौं– निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री खुला भएको छ । आइतबार बिहान १० बजेदेखि सो शेयरका लागि आवेदन खुला भएको हो ।

जनरल इन्स्योरेन्सले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पु-याउन ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । सो शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटलले गरेको छ ।

३० करोड बराबरको ३० लाख कित्ता शेयरमध्ये जनरल इन्स्योरेन्सले १ लाख २० हजार कित्ता शेयर आफ्ना कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लाई छुट्याइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री हुनेछ ।

अहिलेको बाँडफाँट प्रणाली अनुसार सो शेयर कुल २ लाख ७३ हजार जनालाई १०–१० कित्ताको दरले वितरण हुन सम्भव हुनेछ । सोभन्दा कम आवेदक भएमा मात्रै सो शेयर २० कित्ता वा सोभन्दा बढी पाउने सम्भावना हुन्छ ।

तर, आईपीओ आवेदनको इतिहास हेर्दा पछिल्लो दिनमा कुनै पनि शेयरमा योभन्दा कम आवेदन परेको नदेखिएका कारण यो शेयरमा पनि १० कित्ता भन्दा बढी बाँडफाँट हुने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij