२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स लाइफले आइपीओको लागि पायो बोर्डबाट अनुमति

रिलायन्स लाइफले आइपीओको लागि पायो बोर्डबाट अनुमति

1.2K
Shares

काठमाडाैं – रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपीओ जारी गर्न साउन १६ गते अनुमति पाएको हो । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij