२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

1.3K
Shares


काठमाडौं-ज्योति विकास बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई ओम अस्पतालको स्वास्थ्यसम्बन्धी विभिन्न सेवा तथा सुविधामा विशेष छुट व्यवस्था गरिएको जनाइएको छ । ग्राहकले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीले परिचयपत्र देखाई छुट सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij