काठमाडौं– चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार १२ बजे बाँडफाँड गरिएको थियो । कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका थिए । यसमा गोलाप्रथाको माध्यमबाट ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आईपीओ पाएका छन् भने २ लाख १७ हजार ४३० जनाको हात भने खाली भएको छ ।
आईपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।
कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार १२ बजे एनआइबीएल एस कार्यालयमा आईपीओ बाँडफाँट गर्ने भएको हो ।
कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij