२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकले नगद लाभांश दिने

सानिमा बैंकले नगद लाभांश दिने

1.1K
Shares

काठमाडौं–सानिमा बैंक लिमिटेडले आफ्ना सेयसधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सर्वसाधारण समूह (समूह “ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरेज्यू निर्बिरोध निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij