२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अपि पावरले बोनस शेयर दिने

अपि पावरले बोनस शेयर दिने

1.7K
Shares

काठमाडौँ- अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले यसअघि आठ दशमलव पाँच मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij