२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाई तालिम प्रदान

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाई तालिम प्रदान

1.3K
Shares

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धी जनचेतना फैलाई जागरुक गराउने र सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले आफ्ना अभिकर्ताहरुलाई मंसिर १४ र १५ गते तालिम प्रदान गरेको हो । 

तालिममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगायतले बीमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाई सुनाउँदै हाल भने धेरै सजिलो र सहज भएको बताए । 

बजार प्रतिनिधिहरुले यस कम्पनीका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताए ।

अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन भएको तालिममा वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक रहेकी थिइन् भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यले सहजीकरण गरेका थिए । 

तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij