काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड ले मंसिर २३ गते आइतबार देखि शत प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ । कम्पनीले १ बराबर १ अनुपातमा १६ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
कम्पनीको हकप्रद शेयर मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले यही पुँजीबाट १०० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij