२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

नेप्से २०.४८ अकंले घट्यो, ३ अर्ब २७ करोड ९५ लाखको कारोबार

नेप्से २०.४८ अकंले घट्यो, ३ अर्ब २७ करोड ९५ लाखको कारोबार

300
Shares

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४८ अकंले घटेर २५६६.७६ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij