
अर्थ नेपाल काठमाडौं /झापा जिल्लाको दमकमा कैलाश विकास बैंकले सोमवार देखि नयाँ शाखा स्थापना गरेको छ ।
उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरेका छन्।
निकट भविष्यमा बैंकले बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
बैंकको ४७ शाखा, एटिएम संख्या २२ मार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij