
अर्थ नेपाल संवाददाता
काठमाडौं/एनआईसी एशिया बैंकले नयाँ मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर “अग्रिम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ।
ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआईसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ। यस मुद्दती योजनामा मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोलेपनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशत सम्मको कर्जा उपभोग समेत गर्न सक्नेछन्। साथै यो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ।
हाल बैंकको १८५ शाखा, १८८ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिइरहेको जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij