
अर्थ नेपाल संवाददाता
काठमाडौं/ एनआई सी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ ।
कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । साथै खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा(डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०प्रतिशत छुट प्रदान गरिनेछ ।
सयका साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ।
खाता खोलि मोबाइल बैंकिङ सेवा लिए पछि एटिसी वा एनसेलमा १ सय बराबरको रिचार्ज कार्ड निशुल्क प्रदान गरिने छ । १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ।
ग्राहकहरुलाई ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए। यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ।
हाल बैंकको मुलुकभर १८४ शाखा, ८७ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij