२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इमर्जिङ नेपाल र एनआईसी एसिया बीच सम्झौता

इमर्जिङ नेपाल र एनआईसी एसिया बीच सम्झौता

1.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /ईमर्जिङ नेपाल लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने विषयमा सम्झौता भएको छ ।
एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल र ईमिर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा।९ विनोदन आत्रेयले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बीच ५ लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको हो ।
ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यसमा नेपाल सरकारको लगानी समेत रहेको छ ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij