
अर्थ नेपाल संवाददाता
काठमाडौं/ प्राइम कमर्सियल बैंकले आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ ।
सि–आस्वा सेवा प्राप्त गर्नको लागि यस बैंकको कुनै पनि शाखाकार्यालयमा गई सि–आस्वा रजिष्ट्रेशन फारम भरी सि–आस्वा रजिष्ट्रेशन नं। प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सि–आस्वा सुविधा लिईसकेपछि स्वयम् आफैले घरमै बसी सार्वजनिक निष्काशनहरुको दरखास्त दिन सकिने छ ।
अब कुनै पनि सार्वजनिक निष्काशनमा लगानी गर्दा अनिवार्य रुपमा सि–आस्वा मार्फत लगानी गर्नु पर्ने व्यवस्था भएको हुँदा लगानीकर्ताहरुबाट सार्वजनिक निष्काशनहरुको दरखास्त संकलनकोे लागि अझ मितव्ययी,लगानीकर्ता मैत्री एवं सहज बनाउनकोलागि सि–आस्वा मार्फत दरखास्त संकलन गर्ने सम्वन्धी सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij