
अर्थ नेपाल संवाददाता
काठमाडौं / रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा एनआईसी एसिया बैंकको नयाँ शाखा खुलेको छ। शाखाको उदघाटन देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले गरेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानमा पनि शाखा खोल्दै जाने जनाएको छ।
बैंकका १७९ शाखा, १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट बैंकले सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij