
अर्थ नेपाल संवाददाता
काठमाडौं /एनएलजी इन्स्योरेन्सको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज नेपाल पर्यटन बोर्डको हलमा उक्त कम्पनीको साधारणसभा सम्पन्न भएको हो । कम्पनीकोे साधारण सभाबाट हाल कायम रहेको चूक्ता पूंजी मा २५५ का दरले वोनश दिने निर्णय पारित भएको छ । उपरोक्त वोनश शेयर पश्चात कम्पनीको चूक्ता पूँजी रु। ६४ करोड पुग्ने जनाइएको छ । साधारणसभापछि जारी विज्ञप्तिअनुसार कम्पनीले आ.व. २०७३र०७४ मा खुद नाफा रु. २३.०९ करोड आर्जन गरेको छ ।
साधारणसभामा समुह “ख” को शेयरधनीको तर्फबाट रमाराज्य लक्ष्मी देवी पाण्डे र भुपेन्द्र पाण्डे तथा समुह “ग” को शेयरधनीको तर्फबाट मीनबहादुर सामरी र मनबहादुर राई निर्विरोध निर्वाचित भएका छन् । उक्त कम्पनीको मुख्य लगानीकर्ताहरुमा नेशनल लाईफ ईन्स्योरेन्स , राष्ट्रिय वाणिज्य बैंक र सर्वसाधारणहरु छन् भने कम्पनीको प्रमुख पुनर्बीमक विश्वविख्यात श्री हयानोभर रि रहेको छ । हाल उक्त कम्पनीको प्रधान कार्यालय लगायत चालिसवटा शाखा तथा उपशाखा कार्यालयहरु र करिव २ सय ६८ सक्रिय अभिकर्ताहरुबाट शसक्त सेवा पु¥याइरहेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij