काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुने गरी बराललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाको २०८३ कात्तिक १९ गते बिहीबार बसेको सञ्चालक समितिको २३२औँ बैठकले उक्त निर्णय गरेको वित्तीय संस्थाले जनाएको छ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका बरालले नेपाल बैंक लिमिटेड, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालक समितिको सदस्यका रूपमा काम गरिसकेका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij