२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

भूगोल इनर्जीको खुद नाफा १.६६ करोड

भूगोल इनर्जीको खुद नाफा १.६६ करोड

165
Shares

काठमाडौं- भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ६६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ६० प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी पनि बढेको छ। कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ३ करोड ३६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ७ लाख १३ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी ३ करोड १९ लाख ९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ करोड ८२ लाख २२ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा ब्याज तथा करअघिको आम्दानी २ करोड ४२ लाख १२ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ७५ लाख ३७ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ८१ करोड ७१ लाख ८६ हजार रुपैयाँ रहेको छ। कुल इक्विटी २६ करोड ८४ लाख ६७ हजार रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको छ। सञ्चित तथा जगेडा कोष भने २७ करोड ५५ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.२६ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ४९.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.४३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij