२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आइएमई जनरल इन्स्योरेन्सले थप्यो ३ शाखा तथा उपशाखा

आइएमई जनरल इन्स्योरेन्सले थप्यो ३ शाखा तथा उपशाखा

1.5K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं/आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा संचालनमा ल्याएको छ ।  उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा  गरे ।

शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यद्धय ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए ।

कम्पनीको आज उद्घाटन भएको शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले दोश्रो त्रैमासिकसम्म रु.४३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij