
अर्थ नेपाल संवाददाता
काठमाडौं/ आजबाट माउण्ट मकालु डेभलपमेण्ट बैंक लिमिटेडको १६ हजार १ सय ८१ कित्ता हकप्रद सेयर बोलकबोलद्वारा विक्री खुला भएको छ ।
बैंकले संस्थापक तर्फको १० हजार ४४ कित्ता र सर्वसाधरण तर्फको ६ हजार १ सय ८१ कित्ता सेयर लिलाममा विक्री गर्न लागेको हो ।
उक्त सेयरमा माघ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ
उक्त सेयरको न्युनतम मूल्य १ सय तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकाबोल गर्नुपर्ने छ ।
आवेदकले सेयर खरीदको लागि न्युनतम संस्थापक तर्फ १ हजार कित्ता र सर्वसाधारण तर्फ १ सय कित्ताको लागि आवेदन दिन पाइनेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि दिन पाइनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij