
अर्थ नेपाल संवाददाता
काठमाडौं /चितवनको देवघाटमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।
उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले संयुक्त रुपमा शाखाको गरेका थिए । समारोहमा गलेश्वर आश्रम देवघाटका ४०० बृद्ध बृद्धालाई भोजनको व्यबस्था पनि गरिएको बैंकले जनाएको छ ।
बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, लकर, एटिएम, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एविविएस सेवा समेत उपलब्ध गराइरहेको जनाएको छ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij