
अर्थ नेपाल संवाददाता
काठमाडौं /काठमाडौंको महाराजगन्जमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा आएको छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा शाखा खोली दु्रत सेवा उपलव्ध गराउन अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। बिजुली, इन्टरनेटजस्ता सुविधा नपुगेका भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी अघि बढ्न उनले आग्रह गरे।
काठमाण्डौं महानगरपालिका, वडा नं. ३ का वडा अध्यक्ष श्री दिपक के.सी. ले काठमाण्डौं महानगरको वडा नं. ३ कार्यालय एनसीसी बैंकसंग नजिक बसेर काम गर्न ईच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाबाट उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले छिटै नै नेपाल राष्ट्र बैंकले तोकेका १६ ग्रामीण स्थानीय निकायहरुमा शाखा विस्तार गर्न लागेको बताए।काठमाडाकोैं /महाराजगन्जमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा आएको छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा शाखा खोली दु्रत सेवा उपलव्ध गराउन अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। बिजुली, इन्टरनेटजस्ता सुविधा नपुगेका भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी अघि बढ्न उनले आग्रह गरे।
काठमाण्डौं महानगरपालिका, वडा नं. ३ का वडा अध्यक्ष श्री दिपक के.सी. ले काठमाण्डौं महानगरको वडा नं. ३ कार्यालय एनसीसी बैंकसंग नजिक बसेर काम गर्न ईच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाबाट उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले छिटै नै नेपाल राष्ट्र बैंकले तोकेका १६ ग्रामीण स्थानीय निकायहरुमा शाखा विस्तार गर्न लागेको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij